Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

News and Updates
4 दिन अघि

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् ।

 

 

दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए ।

 

 

उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भएका थिए ।

 

 

आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वल्र्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।

 

 

एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएको संघका अध्यक्ष कुसारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया