Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ ः सचिव अर्याल

News and Updates
9 घण्टा अघि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।

 

 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् ।

 

 

उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गि समानता र महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती हासिल गरेको छ ।

 

 

वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ । साथै नेपाली महिलाहरु पनि अगाडि बढ्दै गएका छन् । तर अझैपनि चुनौतीहरुको सामना गर्नुपरेको छ ।’

 

 

यस्तै, उनले धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक रहेको भन्दै यसबारे नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।

 

 

उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरुको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ ।’

 

 

पुरुष र महिला दुवैको काम, नेतृत्व, योगदान उद्योग र नवप्रवर्तनमा अत्यन्त आवश्यक भएको पनि उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया