Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

News and Updates
7 घण्टा अघि

ओखलढुङ्गा, सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

 

 

सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५

 

 

हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।

 

आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया