Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

टोटनहम युरोपा लिग च्याम्पियन

News and Updates
3 दिन अघि

काठमाडौं । टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

 

 

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

 

 

साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया