Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

News and Updates
6 घण्टा अघि

काठमाडौँ, ७ जेठः नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन ।

 

 

वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उनले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।उनले भने, हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ ।

 

 

त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, ।

 

 

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताए ।

 

 

त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवाला सँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे।

 

 

त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ ।

 

 

डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

 

 

त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया