Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह

News and Updates
2 घण्टा अघि

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन् ।

 

 

मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए ।

 

 

उनले भने, ‘अहिले गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जसले जोखिम न्यूनिकरण गर्ने र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ उहाँहरुसँग अन्तरक्रिया र छलफल गरेर सरकारी र गैर सरकारी दुईवटै क्षेत्र मिलेर जोखिमलाई न्यूनिकरण गरौं भन्ने हो ।’

 

 

यस्तै, उनले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद प्राधिकरणले निरन्तर छलफल र तयारीहरु गरिरहेको पनि बताए ।

 

 

उनले भने, ‘पूर्व मनसुनको अवस्थामा छौ । केही समयपछि मनसुन सुरु हुन्छ । त्यसकारण अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर निरन्तर छलफल र तयारीहरु गरिरहेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया