Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संवैधानिक परिषद् सम्बन्धि विधेयक चाँडै पास गर्न सुझाव

News and Updates
3 घण्टा अघि

काठमाडौं । विधायन व्यवस्थापन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयकमा सैद्धान्तिक छलफल भएको छ ।

 

 

मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल भएको हो ।

 

 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि विधेयक चाँडै पास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

 

उनले भने,‘हामीले अझैपनि निर्णय गर्न सकेनौं भने समस्याको चाङ हुन्छन् । फेरी अर्को आएर काम गर्दा त्यही लफडा हुन्छ । अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि हामीले यो विधेयक चाँडै पास गर्नुपर्ने छ । अहिलेसम्मको प्रधानमन्त्रीले भोगेको कुरा अब आउने प्रधानमन्त्रीले भोग्न नपरोस् भन्ने हो ।’

 

 

मन्त्री गुरुङले संवैधानिक परिषद्को काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि पनि विधेयक पास हुनु आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया