News and Updates

विराटनगर, १ जेठ । छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो । आव २०८०र८१ मा रु २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७७र७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८र७९ मा रु २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।
जसमा आव २०७८र७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८र७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९र८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख फछ््र्यौट गरिएको थियो ।
आव २०७९र८० सम्म कूल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०र८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछ्र्यौट भई आव २०८०र८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो ।
आव २०७९र८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०र८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूल नेतृत्व संहालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै रु दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम रु ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया