Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सरकारका आपसी निकायहरुबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भयो : सांसद सापकोटा

News and Updates
5 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै बैसाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन् ।

 

 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् ।

 

 

उनले भने, ‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ । बैसाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरु भए । २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’

 

 

साथै, उनले सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भैइराखेको बताए । उनले चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको समेत बताए ।

 

 

उनले भने, ‘सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिला भैइराखेको छ । चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायतका ३० वटा कन्टेनर र ५०० भन्दा बढि विद्युतिय सवारी साधनहरु यसबेला तातोपानीमा अलपत्र छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया