Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

News and Updates
4 घण्टा अघि

म्याग्दी, ३१ वैशाख । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेका छन् ।

 

गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद रु एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले राससलाई बताए ।

 

 

बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया