४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ ।

 

 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

 

 

काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।

 

 

घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।