Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

News and Updates
3 घण्टा अघि

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ ः ५० बजे  काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

 

 

दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो ।

 

 

तर ६ वटा दमकलको  प्रयासपछि बिहान ८ बजेर  ५३ मिनेटमा आगो  नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

 

 

उनले भने, ‘बिहान ६ ः ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको हो । त्यो  आगो पछि छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भयो । तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर  ५३ मिनेटमा आगो  नियन्त्रणमा लिइएको छ । एक जना अन्दाजी ७० वर्षकी महिलाको मृत्यु भएको छ जसको नाम खुल्न सकेको छैन । एक जना अन्दाजी ३८ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।’

 

 

साथै  उक्त आगलागीमा परि एक जना महिलाको मृत्यु भएको  छ , भने एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको बोहराले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया