News and Updates

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले साविक राप्ती अञ्चलको विकासका लागि दाङ्ग तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्व मंत्री गिरीले जुन वेला तत्कालीन महेन्द्र राजमार्गको परिकल्पनासम्म भएको थिएन, त्यो समयमा टरिगाउ विमानस्थल टरिगाउँ एयरपोर्ट वि.स. २०११ सालमा स्थापना भएको स्मरण गरे ।
टरिगाउविमानस्थलबाट धेरै पटक डकोटा जहाज चढेर यात्रा गरेको सम्झना गर्दै सांसद गिरीले मुलुकमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि टरिगाउँ विमानस्थलको अवस्थामा कुनै परिवर्तन न आएको बताए ।
‘यो एयरपोर्ट भैरहवा, नेपालगञ्ज र सूर्खेतका विमानस्थलहररूको वैकल्पिक एयरपोर्ट पनि हो । यो विमानस्थलमा पुष \माघ महिनामा पनि कुहिरो लाग्दैन’ उनले भने ।
समुद्र सतहदेखि ६३४ मिटर उचाईमा रहेको टरिगाउ विमानस्थलको हाल कालोपत्रे धावन मार्ग ७५० मिटर लम्वाई र ३० मिटर चौड़ाई छ । टरिगाउँ एयरपोर्टमा हाल नेपाल
एयरलायन्स ( एन.ए.सी.) को १९ सिटको ट्वीनअटर जहाजले साताको २\३ दिन अनियमित उडान गर्छ ।
यात्रुहरूको उच्च चाप हुदाहुदै पनि अनिश्चित उडान र भाडादर महङ्गो पर्ने भएकोले त्यो भेगका नागरिक हवाई यात्राबाट बन्चित भएका छन् । आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरूले अकालमा ज्यान गुमाउनु परको छ ।
‘एटीआर सेभेन्टी टु जहाजको उडान र अवतरण गर्न कम्तीमा १४०० देखि १५०० मिटर धावन मार्ग आवश्यक पर्दछ। विगत एक वर्ष अगाडि मात्रै पोखरा विश्वविद्यालयका प्रोफेसर डा. गोविन्द प्रसाद लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त समुहले सर्भे गरि डीपीआर तयार गरेको छ । दुवै निकायहरूको प्रतिवेदन अनुसार भ्याट सहित ३ अर्व ४२ करोड बजेट आवश्यक छ । यो बजेटले जग्गा अधिग्रहण गर्न करिब १ अर्ब र २ अर्व ४२ करोड बजेटले पन्ध्र सय मिटर धावन मार्ग निर्माण गर्न सकिन्छ,’ सांसद गिरीले भने ।
उनले नेपाल भारत सीमाको कोइलाबास नाकालाई पुनः सुचारु गर्न र घोराही– तुलसीपुर जोड्ने चार लेन सडकको निर्माणको कामलाई अगाडी बढाउन पनि माग गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया