Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भगवती मानव कल्याणले निःशुल्क ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ आयोजना गर्दै

News and Updates
2 घण्टा अघि

काठमाडौं । भगवती मानव कल्याण संगठनले निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने भएको छ ।

 

 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले आगामी जेठ २ र ३ गते निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने जानकारी दिएको हो ।

 

 

संगठनका अनुसार जीवनको हरेक पक्षबाट निराश भएका, संघर्षहरुबाट जुधिरहेका वा योग–ध्यान–साधना, कुण्डलिनी जागरण र अध्यात्मको क्षेत्रमा बढ्ने इच्छा राखेका व्यक्तिको लागि यो शिविर उपयोगी हुनेछ ।

 

 

यस्तै, नशाबाट ग्रसित, अनेक प्रयास गर्दासमेत नशाबाट मुक्त हुन सकेको छैन भने त्यस्तो व्यक्तिले शिविरमा सम्मिलित भएर नशामुक्त हुने महत्वपूर्ण अवसर प्राप्त सक्ने संगठनले जनाएको छ ।

 

 

यस शिविरमा २५ हजारभन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनको दाबी छ । शिविरमा उपस्थित हुने सबै श्रद्धालुहरुका लागि शिविर स्थलमा नै आवास एवम् भोजनको निःशुल्क व्यवस्था रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया