Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बिएनए कप बास्केटबल मङ्गलबारदेखि

News and Updates
3 घण्टा अघि

काठमाडौँ, २९ वैशाख । बसुन्धरा नेसनल एकेडेमी बिएनएको आयोजनामा मङ्गलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत दुई विधामा २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टङ्ककुमार चापागाईंले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ १२–१२ टोली सहभागी हुने छन् । दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
जुनियर ब्वाइजतर्फ कक्षा ८ सम्म तथा सिनियर गल्र्सतर्फ कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी दिए ।
आगामी जेठ ६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल बसुन्धरास्थित नमूना टोलमा खेलाइने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया