Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

News and Updates
10 घण्टा अघि

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

 

 

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया