Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

News and Updates
3 दिन अघि

रामेछाप । किराँत समुदायको मुख्य पर्व स्याँदर पिदार मनाउन रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

 

 

 

किराँत लगायत अन्य समुदायले मनाउने स्याँदर पिदार अर्थात् उँभौली पर्व मनाउन बैशाख ३० र ३१ गते सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन् ।

 

 

 

उँभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड हो । उँभौली पर्वको रूपमा रहेको किरातहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ । यो प्रकृति पूजा गरी मनाइने पर्व हो ।

 

 

 

यस पर्वमा सुनुवार र राईहरू साकेला÷सखेवा सिली नाच नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ नाच नाच्ने गर्दछन् । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुनुवार समुदायको बाहुल्यता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया