Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

News and Updates
19 घण्टा अघि

काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीबार काठमाडौंमा भएको हो ।

 

कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ ।
कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब चारसय प्रतिनिधिहरूको उपस्थिति थियो ।

 

नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन् । यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो ।

 

‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले भने ।

 

कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो ।

 

यसैगरि सिंगापुरस्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मन्तव्य दिएका थिए ।
यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूको कि–नोट मन्तव्य दिएका थिए । साथै, उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग ‘कार्ड इशुएन्स’ सम्झौता गरिएको थियो ।

 

यस्तै, कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो ।

 

यस्तै, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्वसिडियो दीपक शर्माले भारतको डिजिटल बैंकिङको विकासबारे प्रस्तुती दिए ।
कार्यक्रमलाई एनएमबीका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए ।

 

नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ ।
कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो । कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा थिए ।

 

यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया