Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भारत–पाकिस्तान युद्ध विराम : राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

News and Updates
19 घण्टा अघि

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्।

 

‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत भने ।

 

सम्झौताले दिगो शान्तिमा योगदान पु¥याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

संयुक्त राष्ट्रसंघ शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ ।
एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए ।

 

तर यता, दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।

 

भारतीय मिडिया रिपोर्टका अनुसार शनिबार साँझ भारत नियन्त्रित कश्मीरमा ठूलो विस्फोटको आवाज सुनिएको थियो र केही क्षेत्रहरूमा पछि ब्ल्याकआउट गरिएको थियो।

 

भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमार्फत भारतीय सशस्त्र सेनाले पाकिस्तानले गरेको युद्धविराम उल्लंघन गरेको बताएका थिए । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले उल्लङ्घन नभएको बताए ।

 

उनले सम्बन्धित भारतीय सञ्चारमाध्यमका रिपोर्टहरूलाई आधारहीन भन्दै खारेज गरिएको प्रतिक्रिया दिए ।
एकअर्कामाथि चार दिनसम्म चलेको सैन्य हमलापछि दुवैतर्फबाट यस्तो प्रतिक्रिया आएको हो । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा भने कि पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन्।

 

उनले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको पनि उल्लेख गरे ।

 

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले पनि पाकिस्तानले सबै प्रकारका उडान सञ्चालनका लागि हवाई क्षेत्र पूर्ण रूपमा खोलेको जनाएको छ । दुवै पक्षले शनिबार भारतीय समय अनुसार ५ः०० बजेदेखि सुरु हुने जमिन, समुद्र र हवाई आदानप्रदान र सैन्य कारबाही रोक्न सहमत भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया