Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

News and Updates
19 घण्टा अघि

त्रिवेणी रुकुम पश्चिम, २८ वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

 

 

चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् ।

 

 

वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिए ।

 

 

उनका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो ।

 

 

चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया