Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संविधान कार्यान्वयन र समाज विकासमा बजेट नीतिको भूमिका महत्वपूर्ण : सन्तोष परियार

News and Updates
17 घण्टा अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई संविधान कार्यान्वयनको बलियो हतियारका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

 

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको १५५ बुँदे नीति तथा कार्यक्रममाथि धारणा राख्दै परियारले वर्तमान राजनीतिक व्यवस्थाप्रति जनविश्वास निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका हुन् ।

 

उनले भने, ‘बजेटलाई आर्थिक कार्यक्रमहरुमा हामीले संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा प्रयोग गर्न सक्नुपर्छ । संविधानमा जनताका अधिकारहरुलाई सुनिश्चित त गर्यौं तर त्यसको कार्यान्वयन गर्ने भनेको अर्थिक पाटोबाट हो । जनताको मौलिक अधिकार जुन हामीले संविधानमा व्यवस्था गरेका छौं । त्यसको कार्यान्वयन गराउनका लागि हरेक आर्थिक वर्षको आर्थिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ । यो संविधान कार्यान्वयन गर्न पनि यो बजेटले यो नीति तथा कार्यक्रमले ति कार्यक्रमहरु ल्याउनुपर्छ ।’

 

साथै उनले भौतिक मात्र नभई सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘हामीले समाजको विकास गर्नुपर्छ । व्यक्तिको चिन्तन र संस्कारको विकास गर्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्र पनि आफैंमा विकास हुँदै जाने एउटा सर्वोच्च राजनीतिक प्रणाली हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया