News and Updates
19 घण्टा अघि

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए ।
उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन् । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन् । अझै १० –१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन् ।’
त्यस्तै उनले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया