Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुला

News and Updates
17 घण्टा अघि

भरतपुर चितवन, २८ वैशाख । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुलेको छ ।

 

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया