News and Updates

काठमाडौं । अन्तराष्ट्रिय संस्था राउन्डटेबल नेपालले ‘एजुकेटर चाइल्ड’ कार्यक्रम अन्तर्गत मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एक हजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ ।
शुक्रबार बुढानिलकण्ठस्थित मदन–आश्रित आदर्श माध्यमिक विद्यालयमा ‘एजुकेटर चाइल्ड’ कार्यक्रम सुभारम्भ गरिएको हो ।
कार्यक्रमपछि नेपाल न्यूजबैंकसँगको कुराकानीमा संस्थाका अध्यक्ष प्रवेश अग्रवालले पिछडीएका वर्गका विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चीत नगराउने उद्देश्यले उक्त कार्यक्रमको सुरु गरिएको जानकारी गराए ।
कार्यक्रमअन्तर्गत नेपालभरी नै राउनटेबलको उपस्थिति रहेको ठाउँबाट संकलन गरेर मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एक हजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने उनले जानकारी दिए ।
उनले भने, ‘अलिकति पछि परेको वर्ग जुन हुन्छ । तिनिहरुलाई भोलीको भविष्यमा के गर्न सक्छौं । भनेर एउटा कार्यक्रम सुरु गर्यौ । एजुकेटर चाइल्डको कार्यक्रम छ । जसमा उनीहरुले वर्षभरीको पढाई शुल्क तिर्ने पार्टबाट हामी स्पोन्सर गछौं । नेपाल अधिराज्यभरीको जहाँजहाँ राउनटेबलको उपस्थिति छ । त्यहाँबाट संकलन गरेर एक हजार एक सय ११ विद्यार्थीलाई एकाडेमिक गर्ने यो कार्यक्रम लञ्च गर्दै छौं । विगत ४ –५ वर्षदेखि नै सुरु भएको हो र यो ठूलो हुँदै गएको छ ।’
त्यस्तै, उनले समाजबाट केही ग्रहण गर्नेमात्र नभई योगदान पनि पुर्याउनुपर्छ भन्ने मान्यताले आफूहरुले सेवा प्रदान गरिरहेको बताए । उनले संस्थाले ४० वटा स्कुलहरुमा चार सय भन्दा बढि कक्षा कोठा बनाएर सेवा दिइसकेको बताए ।
उनले भने, ‘केही कुरा ग्रहण गर्नेमात्र होइन् । केही योगदान पनि दिऊ भन्ने हिसाबले यो सेवा दिइरहेका छौं । ४० नपुगेका युवाहरुले समाजमा योगदान पुर्याउने हिसाबले सेवा दिइरहेको छौं । हामीले चार सयभन्दा बढि कक्षा कोठा बनाएर सेवा दिएका छौं । शिक्षाको क्षेत्रमा विगत २५ वर्षदेखि हामीले कम्तिमा ४० वटा स्कुलहरुमा सेवा प्रदान गरेको छ ।’
त्यस्तै, बुढानिलकण्ड नगरपालिका प्रमुख मिठाराम अधिकारीले शैक्षिक क्षेत्रमा राउन्डटेबलले गरेको योगदानप्रति आभार व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया