Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

News and Updates
2 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन् ।

 

 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् ।

 

 

उनले भनिन्,‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिहरुकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै तयो खाऊ भनेर आदेश गरेको छ । जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा छन् । त्यसैले म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । जुन सेवा सुविधा श्रमिहरुले पाइरहेको थियो त्यो चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गर्न चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया