Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

News and Updates
7 दिन अघि

प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

 

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गरे । उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराज भित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकार समक्ष माग गरे ।

 

 

जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । उनले नेपालभरिमा नै कृष्णसार क्षेत्र बर्दियामा मात्रै भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने जनाउँदै बर्दिया जनताको लागि भेन्टिलेटर सहितको अस्पताल, यातायातको व्यवस्था, कृषकको समस्या लगायतको व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग गरे ।

 

 

जनता समाजवादी पार्टी जसपा नेपालका सांसद रेखा यादवले कृषि प्रधान मुलुक नेपालमा कृषि उत्पादन प्रवद्र्धन र विषादीरहित उत्पादनको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले आयातित कृषिउपजको गुणस्तर परीक्षणको व्यवस्था गर्न पनि माग गरे ।

 

 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल सुरुदेखि नै असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएको र बदलिँदो परिस्थितिमा आतङ्कवादको विरुद्ध सहकार्यको नीति अवलम्बन आवश्यक रहेको धारणा राखे । उनले आतङ्कवाद विरुद्धको सहकार्यको नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया