Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न

News and Updates
17 घण्टा अघि

काठमाडौं । नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ ।

 

 

मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगान सहित प्रिमियर सो सम्पन्न गरिएको हो ।

 

 

प्रिमियरपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुने भन्दै आफूले मौका पाएको उनले खुसी व्यक्त गरे ।

 

 

उनले भने,‘एकदमै नछुटाउने खालको चलचित्र भनेको छ । यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो । कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो फिल्म गरिसके जस्तो लाग्थ्यो । त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए । धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ । मैले पाए । खुसी छु ।’

 

 

त्यस्तै अर्का नायक अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।
उनले भने,‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौं । हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’

 

 

सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो ।

 

 

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा फिल्म ’जार’ बनेको हो।

 

 

फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा अभिनेता सौगात मल्ल,अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

 

 

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
’जार’ शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया