News and Updates
15 घण्टा अघि

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया