Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ललितपुर फिस टनेल एक्स्पो बैशाख २९ गतेसम्म चल्ने

News and Updates
4 घण्टा अघि

काठमाडौं । ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ वैशाख २९ गतेसम्म चल्ने भएको छ ।

 

ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा वैशाख १ देखि सुरु भएको एक्स्पो आगामी २९ गतेसम्म चल्ने भएको हो ।

 

दर्शक एवम अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधी थप्ने मनस्थितीमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए।

 

‘ललितपुर फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ। यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको आयोजकको दाबी रहेको छ ।

 

यद्यपी, काठमाडौँ उपत्यकामा भने पहिलो पटक सञ्चालनमा ल्याइएको उनले बताए । त्यस्तै एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ।

 

 

उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए।

 

राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ । प्रवेश निःशुल्क मिलाइएको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ। चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनोरञ्जन लिन सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया