News and Updates
4 घण्टा अघि

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाइन् । राष्ट्रिय गौरवका आयोजना, गाँजाको यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेटन सरकारसँग माग गरिन् ।
सांसद अर्यालले आत्मनिर्भरको अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने योजना नीति कार्यक्रममा समेटन आग्रह गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया