News and Updates
11 घण्टा अघि

काठमाडौं । सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन् ।
उनले भने, ‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गर्ने । आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने,’ राष्ट्रपति पौडेलले भने ।
साथै उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गरिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया