Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मजदुर दिवसकै दिन बिशालनगरमा मिथिला पेन्टिङ गर्दै महिला

News and Updates
4 घण्टा अघि

काठमाडौं । जनकपुर नारी विकास केन्द्रले काठमाडौंको बिशालनगरमा मिथिला पेन्टिङ गरिरहेका छन् ।

 

 

विहीबार मजदुर दिवसको दिनमा पनि उनीहरुले बिशालनरगमा विभिन्न किसिमका कलात्मक मिथिला पेन्टिङ गरिरहेका हुन् ।
गत सोमबारदेखि स्वीस एम्बेसीको लगानीमा आफूहरुलाई काठमाडौंको बिशालनगरमा पेन्टिङका लागि अवसर दिएको महिला कलाकार पारो दासले जानकारी दिइन् ।

 

 

उनले भनिन्,‘सोमबारदेखि हामी यहाँ पेन्टिङको लागि आएका औं । हामीलाई स्वीस एम्बेसीले सहयोग गरेको छ ।’
त्यस्तै उनले मिथिला पेन्टिङ पूरै नेपालको धरोहर सम्पत्ति भएको बताइन् । यसअघि पनि आफूहरुले काठमाडौं धेरै पेन्टिङ गरिसकेको उनले जानकारी दिइन् ।

 

 

उनले भनिन्,‘पेन्टिङ मिथिलाको सम्पत्ति हो । मिथिलाको मात्र होइन पूरै नेपालको धरोहर सम्पत्ति पनि हो । काठमाडौं पहिला पनि धेरै पेन्टिङ गरेको थियौं ।’
त्यस्तै तीन दशकदेखि पेन्टिङ गर्दै आइरहेकी महिला मिथिला मण्डलले महिलाले पनि पुरुषले झैं सबै काम गर्न सक्छन् भन्ने कुरा पेन्टिङमार्फत उतार्ने प्रत्यत्न गरेको बताइन् ।

 

 

उनले भनिन्,‘म ३०–३२ वर्षदेखि यो काम गर्दै आइरहेको छु । अब कम्युटर चलाउनेदेखि सबै काम गर्न सक्छ भन्ने कुरा पेन्टिङमार्फत उतार्ने प्रत्यत्न गरेको छु । पुरुष जस्तै महिलाले पनि काम गर्न सक्छ भन्ने देखाउँछौं ।’

 

 

केन्द्रमा ३२ जना महिलाहरु आवद्ध रहेका छन् । उनीहरुले केन्द्रमार्फत विभिन्न ठाउँमा गएर मिथिला पेन्टिङको काम गर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया