Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा

News and Updates
4 घण्टा अघि

काठमाडौँ, १८ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएका छन् ।

 

 

 

महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

 

 

 

सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष थिए । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ ।

 

 

 

त्यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ ।

 

 

 

महासङ्घले समसामयिक बिषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया