Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

News and Updates
6 घण्टा अघि

काठमाडौँ, १७ वैशाख । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

 

 

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

 

 

उनले भने, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ । अनधिकृत पत्र लेख्नुहुने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।”

 

 

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया