Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सेवाभाव र समाजको हितनै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

News and Updates
6 घण्टा अघि

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन् ।

 

 

बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु नै राजनीतिको धर्म भएको बताएका हुन् ।

 

 

मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरुले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको बताए ।

 

 

‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं । धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले भने, ‘धर्ममा लागू हुने नीति र जुन मान्यता छ । त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ । व्यापारमा पनि धर्म हुन्छ । उद्योगपतिको नि धर्म हुन्छ । विभिन्न व्यवसायमा लागेकाहरुको पनि धर्म हुन्छ । राजनीति गर्नेहरुको पनि धर्म हुन्छ । समाजलाई हित हुने काम हामीले गर्नुपर्छ । सेवाभाव र समाजको हित हुने काम गर्नुनै राजनीतिको धर्म हो ।’

 

 

उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्धेश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाए ।

 

 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया