१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अण्डाको मूल्य बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।

 

 

 

संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

 

 

ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।

 

 

यसअघि ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।

 

 

 

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ ।

 

 

 

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।