१२ पुष २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बिहीबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

 

 

हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।