Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

News and Updates
1 हप्ता अघि

काठमाडौँ, ९ वैशाख । काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए ।

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे। उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया