१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना

 

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।