५ फाल्गुन २०८२, मंगलवार
बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

रामेछाप । ६८ औँ सहकारी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रमहरु गरिएका छन् ।
मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न सहकारी संघहरुको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रम अन्तर्गत बिहान मन्थली बजारमा ¥याली आयोजना गरिएको थियो । ¥याली पछि आयोजित कार्यक्रम मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले सहकारी संस्थाहरू मापदण्ड अनुसार चल्नुपर्ने बताइन् ।

उनले मापदण्डमा चलेका सहकारी र सहकारीबाट लिएको ऋण ठिक ठाउँमा परिचालन गर्नेहरू कुनै समस्यामा नपरेका बताउँदै बस्नेतले सहकारी मापदण्ड अनुसार चल्नुपर्ने र ऋण लिने पनि सही काममा त्यसको प्रयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले नेपालमा सबैभन्दा ठूलो नागरिक सञ्जाल भएको सहकारी क्षेत्र अहिले गम्भीर संकटमा परेको बताए । सहकारीहरू बिस्तारै अप्ठेरोमा पर्दै गएकाले यसमा लाग्नेले सचेतता पूर्वक काम गर्नुपर्ने उनको धारणा छ ।

रामेछाप बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष जगन्नाथ दाहालले सहकारीको नाममा पैसा जम्मा गर्ने र जथाभाबी ऋण लगानी गर्नेहरूका कारण सहकारी क्षेत्र संकटमा परेको बताए ।

अब सहकारीलाई व्यवस्थित गरेर लानुको विकल्प नभएको उनले धारणा राखे । कार्यक्रममा विभिन्न सहकारी संघका अध्यक्षहरूले पनि धारणा राखेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र