१३ फाल्गुन २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ, १९ चैत । सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्से को प्रमुख कार्यकारी अधिकृत सिइओ मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।