१३ कार्तिक २०८२, बिहीबार
जीवनशैली बागमती मुख्‍य समाचार विचार समाचार समाज

मानवता नै मानिसको मूल धर्म हो : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘भाइचारा, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ ले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश दिनुको साथै असहाय, गरिब र सहयोगको आवश्यकता रहेकाहरूलाई मद्दत गर्नसमेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँछ’, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

इस्लाम धर्मावलम्बीले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्वपूर्ण अनुष्ठान हो । यी अनुष्ठानका माध्यमबाट इस्लाम धर्मावलम्बीहरूले आफ्नो ध्यान र आत्मसंयम वृद्धि गर्ने प्रयास गर्नुले उनीहरूको आध्यात्मिकतालाई थप बलियो बनाउन सघाउने उपराष्ट्रपतिको भनाइ छ ।

धर्मले समता, स्वतन्त्रता, बन्धुत्व, न्याय आदिको पृष्ठपोषणमा टेवा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रुपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्नमा सघाउने स्पष्ट पारेका छन् ।

‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने उनले कामना गरेका छन् ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected