१३ कार्तिक २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

भैरहवा रूपन्देही, १३ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।

बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए ।

एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दबमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए ।

उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए ।

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected