२६ आश्विन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

संकटा सेमिफाइनलमा, सृजनको चार गोल

बुटवल । सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा सोमबार सम्पन्न खेलमा संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पराजित गरेको हो ।

योसँगै १९औं संस्करणको विजेता संकटाले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफ क्लबलाई चुनौती पेस गर्ने भएको छ । आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

खेलको ४२औं मिनेटमै सृजनले संकटालाई सुरुआती अग्रता दिलाएका थिए । निर्मल घिसिङले बक्सबाहिरबाट दिएको बललाई सृजनले लेफ्ट फुटेट सर्ट प्रहार गर्दै उनले सेकन्ड बारमा चुमाए ।

पहिलो हाफमा एक गोल मात्रै गरेको संकटाले दोस्रो हाफमा तालमेलमा सुधार गर्दै तीन गोल थप्यो । ८६औं मिनेटमा सृजनले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए । सुरज थारुले मध्यभागबाट दिएको बललाई सृजनले जर्जियनका गोलकिपर अगाडि बढेको मौकामा उत्कृष्ट कटिङ गर्दै गोलमा परिणत गरे ।

त्यसपछि उनले बाँकी दुई गोल इन्जुरी समयमा गरेका हुन् । तेस्रो मिनेटमा जन्मजय धामीले उपलब्ध गराइदिएको बललाई क्लियर गर्न जर्जियनका गोलकिपर पेनाल्टी बक्सबाट निकै बाहिर निस्किएका थिए । तर, राम्रोसँग क्लियर गर्न नसकेको बललाई सृजनले खाली पोस्टमा गोल गरे ।

जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । त्यसको दुई मिनेटपछि मध्यभाग तलबाट जर्जियनका खेलाडीबाट बल खोस्दै उनले सेन्ट्रल ब्याकलाई विफल बनाउँदै एक्लैले गोल गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो ।

उनी नै खेलको म्यान अफ द म्याच घोषित भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे । अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब खेल्नेछन् । यी दुईबीचको खेल मंगलबार अपरान्ह्र ४ बजे हुने तय छ ।

यो खेलको विजेताले चर्च ब्वाइज युनाइटेडलाई फाइनल प्रवेशका लागि चुनौती प्रस्तुत गर्नेछ । आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गरेको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको सहभागिता छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected