१७ कार्तिक २०८२, सोमबार
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

जुम्लाकी राममाया बुढाले जितिन् गोल्डेन ट्रेल नेशनल सिरिज

मुगु । हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन् ।

जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् ।

राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन् ।

यो जानकारी एसिया पेसेफिक एड्भेन्चर एथलेटिक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

उनको यो सफलताले स्थानीय समुदायमा उत्साह छाएको छ भने देशभरबाट बधाई र शुभकामना दिने शुभचिन्तकहरुको ओइरो लागेको छ ।

कैलाश फुगा २७ माइलको प्रतिस्पर्धा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ र यसमा राममायाको विजयले उनको लगन, मेहनत र दृढ संकल्पलाई उजागर गरेको देखिन्छ ।

यो जितले जुम्लाको पातारासी गाउँपालिकालाई मात्र नभैइ जुम्ला जिल्ला हँुदै कर्णाली प्रदेशको पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।

राममायाको सफलताले नेपालका ग्रामीण क्षेत्रका युवाहरूलाई खेलकुदमार्फत आफ्नो पहिचान बनाउन प्रेरणा दिने विश्वास गरिएको छ ।

उनको यो कीर्तिमानले नेपाली महिलाहरूको साहस र क्षमतालाई समेत थप प्रकाशमा ल्याएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected