५ फाल्गुन २०८२, मंगलवार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

नेपालसहित आठ देशका विभिन्न समूह आइएमएफ र विश्व बैंकविरुद्ध

काठमाडौं । नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलागरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूलेआईएमएफ र विश्व बैंककाहानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन् ।

उनले ८५ प्रतिशत भन्दा बढी विश्व जनसंख्या आईएमएफ र विश्व बैंककाकठोर नीतिहरूबाट प्रभावित रहेको भन्दै भने, ‘यसका कठोर नीति तथा खर्च कटौतीका कारणश्रम कानुनहरू कमजोर बनाइएका छन् । जसले महिलाहरूलाई असुरक्षित रोजगारीमा धकेलिरहेको छ। यी संस्थाहरूको तथाकथित ’लैंगिक रणनीति’ र ’महिला सशक्तीकरण’ अभियानहरू पूर्णरूपमा असफल साबित भएका छन् ।’ इन्डोनेसियाका मुहम्मद रेजा साहिब सेले भने, ’विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन् । यसले समानता होइन, झन् असमानता निम्त्याएको छ।’

त्यस्तै एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी सयोजक लिडी नाकपिलले आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र