१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य

भैरहवा रुपन्देही, १ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कङ्साकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनायो ।

घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै कङ्सकारले ६८ बलको सामना गर्र्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।

यसैगरी, ईशान पाण्डेले ३६, पृथु बास्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट लिए । अहिले सुदूरपश्चिमले बाग्मतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected