Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आचार्य

रासस
2 महिना अघि

जुम्ला, २८ फागुन । यहाँस्थित सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया