१६ मंसिर २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य

भैरहवा रुपन्देही, २७ फागुन । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए ।

सुरुदेखि बलियो देखिएको मधेसलाई हरिशंकर साहले राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेस दासले थप रन जोडे ।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दिपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे ।

बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २र२ विकेट र फिरदोस अन्सारी तथा दिपेस कँडेलले १ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected