१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै

काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् ।

प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।

लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ ।

यसैगरी, सवोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected